logo
२०८१ मंसिर ९ आईतवार



एन्फाले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्दै

फुटबल |
खेलकुद |


एन्फाले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ८ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलाडीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्न लागेको छ । एन्फाका अनुसार संघसँग आबद्ध ७४५ जना खेलाडीले यस्तो सुबिधा पाउन लागेका हुन ।
एन्फाको बिमा सुबिधा राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीले पाउनेछन् । राष्ट्रिय फुटबल खेलाडी ७० जना र ए डिभिजन लिगका ७०० जना गरी ७४५ खेलाडीले बिमा सुबिधा पाउनेछन् । एन्फाले बिमा कम्पनीलाई प्रस्ताब पेश गर्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?