logo
२०८१ मंसिर ९ आईतवार



‘डेब्यु’का लागि मेस्सी पर्खिने

फुटबल |
खेलकुद |


‘डेब्यु’का लागि मेस्सी पर्खिने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३० गते । अर्जेन्टाइन खेलाडी लियोनल मेस्सी पेरिस सैन्ट जर्माइन(पीएसजी)बाट ‘डेब्यु’ गर्न प्रतिक्षा गर्नुपर्ने भएको छ । ३४ वर्षीय मेस्सी दुई वर्षे सम्झौता गरेर पीएसजी पुग्नुभएको हो ।
बार्सिलोनबाट पीएसजी सर्नुअघि अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि गत् जुलाइमा जिते यता मेस्सीले हालसम्म मात्र दुई दिन अभ्यास गर्नुभएको छ । पीएसजीका प्रमुख प्रशिक्षक मौरिसियो पोचेटिनोले एकपछि अर्को पाइला सार्दै मेस्सीले खेल्न सहज महसुस गरेपछि मात्रै डेब्यु गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “उहाँ सहज अवस्थामा हुनुहुन्छ, यद्दपी उत्कृष्ट अवस्थामा आएपछि खेल्नका लागि मैदानमा उत्रिनुहुनेछ ।”
छ पटक बलून डे अरबाट पुरस्कृत मेस्सीले आफ्नो क्लब फुटबल जिवनमा बार्सिलोनाबाहेक हालसम्म कुनै क्लबको प्रतिनिधित्व गर्नुभएको छैन् । लिग वानको गत् संस्करणमा लिलीसँग हार बेहोरेर दोस्रो स्थानमा चित्त बुझाएको पीएसजीले गत् साता सम्पन्न पहिलो खेलमा ट्रोएसमाथि २–१ को जित हात पार्दै राम्रो सुरुवात गरेको छ ।
पीएसजीले आज फ्रेञ्च लिग वानमा स्ट्रासवर्गको सामना गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?