logo
२०८१ मंसिर ९ आईतवार



लिभरपुलले नर्विच सिटीलाई हरायो

फुटबल |
खेलकुद |


लिभरपुलले नर्विच सिटीलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते । मोहम्मद सलहले निर्णायक भूमिका निर्वाह गरेपछि लिभरपुलले नर्विच सिटीमाथि ३–० को जित हात पारेको छ । लिभरपुलको जितमा सलहले एक गोल गर्नुका साथै दुई गोलमा सहयोग गर्नुभयो ।
प्रिमियर लिग अन्तगर्तको पहिलो दिनको खेलमा म्यान्चेष्टर यूनाइटेड, ब्राइटन, चेलसी, एभर्टन, लेष्टर, वाटफर्ड र लिभरपुलले जित हात पारेको हो । ब्राइटनले बर्नलीलाई २–१ ले हरायो । चेलसीले क्रिष्टल पैलेसमाथि ३–० को एकतर्फी जित निकाल्दा एभर्टनले साउथम्पटनमाथि ३–१ को जित निकाल्यो । लेष्टरले वल्भ्सलाई १–० ले हरायो । वाटफर्डले आष्टन भिल्लामाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो ।
पहिलो हाफको २६ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफसम्म मात्र एक गोलको अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा फिर्मिन्हो र मोहम्मद सलहको गोलबाट लिगको आफ्नो पहिलो खेलमा जितसहित उत्कृष्ट सुरुवात गर्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?