logo
२०८१ मंसिर ९ आईतवार



नवनियुक्त रेफ्री निर्देशक गौतम कर काठमाडौं आइपुग्नुभयो

फुटबल |
खेलकुद |


नवनियुक्त रेफ्री निर्देशक गौतम कर काठमाडौं आइपुग्नुभयो
तस्विर–एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नियुक्त गरेको रेफ्री निर्देशक गौतम कर काठमाडौं आइपुग्नुभएको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नवनियुक्त निर्देशक करलाई एन्फा कम्प्लेक्समा स्वागत गर्नुभएको छ ।
भारतीय नागरिक कर फुटबलको सर्बोच्च निकाय फिफाका पूर्ब रेफ्री समेत हुनुहुन्छ । रेफ्रीको भूमिकामा उहाँको ४० वर्षको अनुभब छ । सन् १९९७ मा अन्तर्राष्ट्रिय खेलमा रेफ्रीको भूमिकाबाट सन्यास लिनुभएका करले त्यसयता रेफ्री प्रशिक्षकको रुपमा कार्यरत रहनुभएको थियो । उहाँले रेफ्री निर्देशकको भूमिकामा भारत र भुटानमा करिब नौ वर्षसम्म काम गर्नुभएको छ । भारतमा ब्यवसायिक रेफ्री कार्यक्रमको सुरुवात गराउनुमा उहाँको ठूलो योगदान रहेको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले उहाँसँग एक वर्षे अनुबन्धन सम्झौता गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?