गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । क्रिष्टियानो रोनाल्डो बिना पहिलो पटक मैदानमा उत्रेको युभेन्ट्सले हार बेहोरेको छ । इटाली सिरी ए अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा युभेन्टसलाई एम्पोलीले हराएको हो । सन् १९९९ पछि एम्पोलीको युभेन्ट्समाथि यो पहिलो जित हो ।
एम्पोलीका लियोनार्दो म्यानकुसोले पहिलो हाफको २१ औं मिनेटमा गर्नुभएको गोल नै युभेन्ट्सलाई घरेलु मैदानमा हराउन पर्याप्त भयो । ३६ पटकको सिरी ए विजेता युभेन्ट्समाथि एम्पोलीको यो दोस्रो जित मात्रै हो । सिरी एको गएको संस्करणमा युभेन्ट्स चौथो स्थानमा चित्त बुझाउनुपर्यो । सिरी ए को पहिलो खेलमा क्रिष्टियानो रोनाल्डो सुरुवाती एघारमा प्राथमिकतामा नपर्दा युभेन्ट्सले यूडिनिजसँग २–२ को बराबरीमा रोकिएको थियो ।
युभेन्ट्समा १८ महिना बिताउनुभएका २९ वर्षीय म्यानकुसोले एकपटक समेत अबसर पाउनुभएन । २१ औं मिनेटमा गोलपोष्ट नजिकबाट म्यानकुसोले गर्नुभएको प्रहार गोलमा परिणत भयो ।