logo
२०८१ मंसिर ९ आईतवार



बार्सिलोनाले गेटाफेलाई हरायो

फुटबल |
खेलकुद |


बार्सिलोनाले गेटाफेलाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको छ । स्पेनिस ला लिगा अन्तगर्त गए राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई हराएर अङ्कतालिकाको चौथो स्थानमा उक्लेको छ । उसले तीन खेलबाट सात अङ्क जोडेको छ ।
बार्सिलोनाका लागि सुजि रोबर्टोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । जोर्डी अलबाको क्रसमा उहाँले खेल सुरु भएको ९९ सेकेण्डमा गोल गर्नुभयो । सान्ड्रोले १८ औं मिनेटमा गोल फर्काउँदा गेटाफेले खेल १–१ को बराबरीमा ल्यायो । तर मेम्फीस डिपेले १२ मिनेट नबित्दै फ्रयाङ्की डे जोङ्गको पासलाई कौशलतापूर्बक गोलको दिशा दिनुभएपछि बार्सिलोनाले अग्रता कायम गर्न सफल भयो ।
दोस्रो हाफमा दुबै टोलीले कुनै गोल गर्न नसक्दा बार्सिलोनाले खेल २–१ ले जित्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?