गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १७ गते । नेपाल बिरुद्धको मैत्रीपूर्ण फुटबलका लागि भारतीय प्रशिक्षक इगोर स्टिम्याकले सुरुवाती एघारको घोषणा गर्नुभएको छ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलको पहिलो खेल साँझ साढे पाँच बजेटबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सुरु हुँदैछ ।
भारतीय टोलिका नियमित कप्तान सुनिल क्षेत्रीले नै नेपाल बिरुद्धको खेलमा कप्तानको भूमिकामा रहनुहुनेछ । घोषित टोलिमा गुरप्रित सिंह सन्धुलाई गोलरक्षकको जिम्मेवारी दिइएको छ । राहुल भेके, शुभाषिष बोस र आकाश मिश्र डिफेन्समा रहनुहुनेछ ।
त्यसैगरी, ब्रान्डन फर्नान्डेस, सुरेश सिंह, ग्लैन मार्टिन्स, लिष्टन कोलाको, मनवीर सिंह सुरुवाती एघारमा स्थान बनाउनुभएको छ ।