logo
२०८१ मंसिर ९ आईतवार



म्यानचेस्टर सिटी शीर्षस्थानमा

फुटबल |
खेलकुद |


म्यानचेस्टर सिटी शीर्षस्थानमा


काठमाडौँ, मङ्सिर १९ गते । म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वाटफोर्डलाई उसैको मैदानमा ३–१ गोलले हराउँदै सिटीले शीर्षस्थान कब्जा गरेको हो ।

सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गर्नुभयो । वाटफोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काउनुभयो । सिटीले चौथो मिनेटमा रहिमको गोलबाट अग्रता लिएको थियो । ३१औँ मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो ।

सिल्भाले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई थप बिलयो बनाउनुभयो । ७४औँ मिनेटमा जुआन हर्नान्डेजले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । त्यसपछि थप गोल नहुँदा सिटी सजिलै विजयी भयो ।

जितसँगै सिटी १५ खेलबाट ३५ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अङ्क छ । शनिबार रातिनै लिभरपुलले वल्भ्सलाई १–० गोलले हरायो । सिटीसँग पराजित वाटफोर्ड १३ अङ्कसहित १७औँ स्थानमा छ ।

यसअघि शीर्षस्थानमा रहेको चेल्सी तेस्रो स्थानमा झरेको छ । शनिबार रातिनै भएको खेलमा चेल्सी वेस्ट हाम युनाइटेडसँग ३–२ गोलले पराजित भएको थियो । चेल्सीले ३३ अङ्क बनाएको छ । चेल्सीलाई हराएको वेस्ट हाम २७ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । लिभरपुलसँग पराजित वल्भ्स २१ अङ्कसहित आठौँ स्थानमा छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?