logo
२०८१ मंसिर ८ शनिवार



पीएसजीको जितमा एमबाप्पे नायक

फुटबल |
खेलकुद |


पीएसजीको जितमा एमबाप्पे नायक


काठमाडौँ, मङ्सिर २७ गते । केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २–० गोलले हरायो ।

पीएसजीको जितमा दुवै गोल एमबाप्पेले गर्नुभयो । दुवै गोल पहिलो हाफमा सम्भव भएको खेलमा एमबाप्पेले १२औँ मिनेटमा पेनाल्टीमार्फत खाता खोल्नुभएको थियो । डिबक्स भित्र डी मारियालाई विपक्षी डिजब्रिल सिडिबेले लडाएपछि प्राप्त पेनाल्टीलाई एमबाप्पेले सदुपयोग गर्नुभएको थियो ।

त्यसपछि ४५औँ मिनेटम एमबाप्पेले लियोनल मेस्सीको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा पीएसजी सजिलै विजयी भयो । जितसँगै पीएसजीको उपाधि दौड थप बलियो बनेको छ ।

शीर्षस्थानमा रहेका पीएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ । पराजित मोनाको २६ अंक सहित आठौँ स्थानमा छ । पीएसजी दोस्रो स्थानको मार्सेलीभन्दा १३ अंकले अगाडी छ । एक खेल कम खेलेको मार्सेलीको ३२ अंक छ ।

आइतबार रातिनै भएको खेलमा मार्सेलीले स्टार्सबर्गलाई २–० गोलले पराजित गरेको थियो । पराजित स्टार्सबर्ग २६ अंक सहित सातौँ स्थानमा छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?