logo
२०८१ मंसिर ८ शनिवार



मनाङ लिगको शीर्षस्थानमा

फुटबल |
खेलकुद |


मनाङ लिगको शीर्षस्थानमा


काठमाडौँ, पुस ३ गते । मनाङ मर्स्याङ्दी क्लब क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हरायो ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङलाई जिताउन कप्तान अन्जन विष्टले दुई गोल गर्नुभयो । अर्को गोल निशान लिम्बुले थप्नुभएको थियो । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल फर्काउनुभयो ।

पहिलो पटक मोफसलमा खेलाईएको शहिद स्मारक ‘ए’ डिभिजनमा मनाङले सानदार प्रदर्शन गरेको थियो । पोखरा रंगशालालाई मनाङले यस बर्षदेखि ‘होम ग्राउन्ड’ बनाको हो । मनाङले १०औँ मिनेटमा खाता खोलेको थियो ।

अन्जनले दिनेश राजवंशीको पासमा गोलगर्दै मनाङलाई अग्रता दिलाउनुभयो । त्यसपछि पुलिसले ३६औँ मिनेटमा बराबरी गोल फर्कायो । पुलिसका सुमनले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरमिा ल्याउनुभयो । डिबक्सभित्र मनाङका रक्षक सरोज योन्जनले निरकुमार राईलाई लडाएपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो ।

मनाङले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकाल्यो । ७३औँ मिनेटमा अन्जनले फ्रिकिकमा ब्यक्तिग दोस्रो र ८३औँ मिनेटमा निशानले रिबान्ड बलमा गोल गर्दै मनाङलाई सजिलै जिताउनुभयो । मनाङका अन्जन ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

पुलिसका निरकुमार राई ‘इमर्जिङ प्लेयर’ चुनिनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । जितसँगै मनाङले पाँच खेलबाट १३ अंक बनाएको छ । पराजित पुलिस पाँच अंकसहित आठौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ११ अंक छ । मच्छिन्द्रले एक खेल कम खेलेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?