logo
२०८१ मंसिर ८ शनिवार



सेभिया र बार्सिलोनाको बराबरी

फुटबल |
खेलकुद |


सेभिया र बार्सिलोनाको बराबरी


काठमाडौँ, पुस ७ गते । स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन । सेभियाका पपु गोमेजले गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता सेभियाले लिएको थियो ।

३२औँ मिनेटमा गोमेजले कप्तान इभान राकिटिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाउनु भएको थियो । सेभियाको गोलपछि आक्रामक बनेको बार्सिलोनाले ४५औँ मिनेटमा बराबरी गोल फर्कायो । रोनाल्डले औसमाने डेम्वेलेको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउनुभयो ।

सेभिया ६४औँ मिनेटमा १० खेलाडीमा समेटियो । बार्सिलोनाका जोर्डी अल्बासँग अनावश्यक विवादमा उत्रिएपछि जुलेस कुन्डेलाई रेफ्रीले सोझै रातो कार्ड देखाउनु भएको थियो । त्यसपछि बल पोसेसनमा पकड जमाएपनि बार्सिलोनाले गोल थप्न भने सकेन ।

५९ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले २३ वटा पोस्ट् प्रहार गरेको थियो । बार्सिलोनाको लगातार प्रयासमा सेभियाको रक्षापंक्ति बाधक बन्यो । जारी लिगका बार्सिलोनाको यो सातौं र सेभियाको पाँचौं बराबरी हो । बार्सिलोनाका औसमाने डेम्वेले ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

बराबरीसँगै दोस्रो स्थानमा रहेको सेभियाले १८ खेलबाट ३८ अंक बनाएको छ । सातौँ स्थानमा रहेको बार्सिलोनाको २८ अंक छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४३ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ ।

मंगलबार रातिनै भएको अर्काे खेलमा भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५–२ गोलले हरायो । घरेलु मैदानमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले १८औँ र ८८औँ मिनेटमा तथा बोउलाय डिएले २७औँ र ७६औँ मिनेटमा दुई दुई गोल गर्नुभयो । यरेमी पिनोले ७९औँ मिनेटमा एक गोल गर्नुभयो ।

अलाभेसका पेरे पोन्सले ४४औँ र जोसेलुले ६५औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै २५ अंक बनाएको भिल्लारियल नवौं स्थानमा उक्लिएको छ । पराजित अलाभेसले रेलिगेसन छल्न सकेको छैन । १५ अंक बनाएको अलाभेस १८औँ स्थानमा छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?