logo
२०८१ मंसिर ८ शनिवार



लिभरपुललाई लेस्टर सिटीको झट्का

फुटबल |
खेलकुद |


लिभरपुललाई लेस्टर सिटीको झट्का


काठमाडौँ, पुस १४ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार लिभरपुललाई लेस्टर सिटीको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा लिभरपुल लेस्टरसँग उसैको मैदानमा १–० गोलले स्तब्ध बन्यो । रोजाईका स्ट्राईकर मोहम्मद सलाह पेनाल्टीमा चुकेपछि लिभरपुलले हार खेपेको थियो ।

लेस्टरको जितमा एडेमोला लोकमनले गोल गर्नुभयो । लोकमनले काइरनान डेस्वरी हलको पासमा ५९औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो । यसअघि १६औँ मिनेटमा सलाहको पेनाल्टी प्रहार लेस्टरका गोलरक्षक कास्पर स्माइकले बचाउनुभयो । डिबक्स भित्र सलाहलाई लेस्टरका वेलफ्रेड एनडिडिले लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा लगातार अवसर गुमाएपछि लिभरपुल हार खेप्न बाध्यभयो । हारेपनि लिभरपुल दोस्रो स्थानमा यथावत छ । लिभरपुलको १९ खेलबाट ४१ अंक छ । विजेता लेस्टर २५ अंक जोड्दै नवौँ स्थानमा उक्लिएको छ । लिभपुलको हारले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाइ थप फाइदा पुगेको छ । सिटीको १९ खेलबाट ४७ अंक छ ।

मंगलबार रातिनै भएको अन्य खेलमा वेस्ट हामले वाटफोर्डलाई ४–१ र क्रिस्टल प्यालेसले नर्विच सिटीलाई ३–० गोलले पराजित गरेको छ । टोट्टनहामले १० खेलाडीमा समेटिएको साउथह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?