logo
२०८१ मंसिर ८ शनिवार



एन्फा निर्वाचन जेठमा

फुटबल |
खेलकुद |


एन्फा निर्वाचन जेठमा


काठमाडौँ, पुस २४ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमीतिको निर्वाचन २०६९ साल जेठ १५ गते हुने भएको छ । एन्फा कार्यसमीतिको बिहीबार र शुक्रबार बसेको बैठकले एन्फा निर्वाचन जेठमा गर्ने निर्णय गरेको हो । एन्फाको पछिल्लो निर्वाचन २०७५ साल वैशाखमा भएको थियो ।

यसैगरी बैठकले एन्फामा आवद्ध ए, बी र सी डिभिजनका ४२ क्लबलाई १ करोड भन्दा बढी रकम वितरण गर्ने निर्णय पनि गरेको छ । बैठकले शहिद स्मारक लिग खेल्ने तीनै श्रेणीका क्लबलाई तयारी खर्च वापत २ लाख ५० हजार रुपियाँ थप दिने निर्णय गरेको छ ।

हाल ए डिभिजन लिग खेलिरहेका क्लबलाई एन्फाले यसअघि २० लाख, बीलाई १२ लाख ५० हजार र सीलाई ९ लाख ५० हजार रुपियाँ दिँदै आएको थियो । एन्फाले त्यसमा २ लाख ५० हजार रुपियाँ थपेको हो ।

बैठकले राष्ट्रिय महिला र पुरुष टोली तथा विभिन्न उमेर समूहमा प्राप्त गर्ने सफलताका आधारमा पुरस्कृत गर्न मापदण्ड तयार गर्ने, एन्फाका विवादित वित्तीय निर्देशक निरनजंग शाहमाथि छानविन गर्ने, एन्फा निर्वाचनका लागि फागुन १५ देखि चैत ३० गतेसम्म जिल्ला तथा चैत १ देखि १० गतेसम्म प्रदेशको निर्वाचन गर्ने लगायत विभिन्न १२ वटा निर्णय पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?