काठमाडौँ, पुस २४ गते । इङ्लिस प्रिमियर लिगको शीर्षटोली म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले दोस्रो श्रेणीको क्लब स्विनडोन टाउनलाई ४–१ गोलले हरायो ।
सिटीको फिराकिलो जितमा बेर्नाडो सिल्भा, गाब्रियल जेसस, इल्केए गुन्डोगान र कोल पाल्मेरले गोल गर्नुभयो । स्विनडोनका ह्यारी म्यार्कीडीले सान्त्वना गोल फर्काएनुभयो । सिटीले १४औँ मिनेटमा बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो । २८औँ मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो ।
५९औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई थप बलियो बनाउनुभयो । ७८औँ मनेटमा ह्यारी म्यार्कीडीले गोलगर्दै घरेलु टोली स्विनडोनलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । त्यसपछि ८२औँ मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई फराकिलो जित दिलाउनुभयो । एजेन्सी