काठमाडौँ, पुस २६ गते । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्षस्थानमा रहेको इन्टर मिलान र एसी मिलान विजयी भएका छन् । आइतबार राति भएको खेलमा इन्टरले लाजियोलाई २–१ गोलले हरायो । अर्को खेलमा एसी मिलानले भेनेजियालाई ३–० गोलले स्तब्ध बनायो ।
घरेलु मैदानमा इन्टरलाई जिताउन अलेसान्ड्रो बास्टोनीले ३०औँ र मिलान स्क्रिनियरले ६७औँ मिनेटमा गोल गर्नुभयो । यसअघि ३५औँ मिनेटमा सिरो इमोबाइलले बराबरी गोल फर्काए पनि लाजियोले हार टार्न सकेन । जितसँगै शीर्षस्थानमा उक्लिएको इन्टरले २० खेलबाट ४९ अंक बनाएको छ । पराजित लाजियो ३२ अङ्कसहित आठौँ स्थानमा छ ।
यसैगरी एसी मिलानको जितमा थियो हर्नान्डेजले ४८औँ र ५९औँ मिनेटमा दुई गोल गर्नुभयो । यसअघि दोस्रो मिनेटमै ज्लाटन इब्राहिमोभिचले सुरुवाती गोल गर्नुभएको थियो । जितसँगै दोस्रो स्थानमा उक्लिएको एसी मिलानले २१ खेलबाट ४८ अङ्क बनाएको छ । परानित भेनेजिया १७ अङ्कसहित १७औँ नै स्थानमा छ । एजेन्सी