logo
२०८१ मंसिर ८ शनिवार



चेल्सीमाथि सिटीको कठिन जित

फुटबल |
खेलकुद |


चेल्सीमाथि सिटीको कठिन जित


काठमाडौँ, माघ २ गते । इङ्लिस प्रिमियर लिगको शीर्षटोली म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको चेल्सीमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोलले हरायो ।

जितसँगै सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता लिएको छ । सिटीको जितमा केभिन डि ब्रुयनले निर्णायक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा ब्रुयनले ७०औँ मिनेटमा जोओ क्यान्सेलोको पासमा गरेको गोल सिटीको जितमा प्रयाप्त बन्यो ।

जितसँगै सिटीले २२ खेलबाट ५६ अंक बनाएको छ । पराजित चेल्सी ४३ अंक सहित दोस्रो स्थानमा छ । अन्य खेलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग २–२ र वाटफोर्ड न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । नर्विच सिटीले एभर्टनलाई २–१ तथा वल्भ्सले साउथह्याम्पटनलाई ३–१ गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?