logo
२०८१ मंसिर ८ शनिवार



दर्शनको गोलमा एनआरटी विजयी

फुटबल |
खेलकुद |


दर्शनको गोलमा एनआरटी विजयी


काठमाडौँ, माघ ३ गते । मिडफिल्डर दर्शन गुरुङले दोस्रो हाफमा दुई गोल गरेपछि न्युरोड टिम (एनआरटी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलमाथि सानदार जित निकालेको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले जावलाखेललाई २–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६९औँ मिनेटमा दर्शनले स्टेफन समिरको पासमा गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ७३औँ मिनेटमा दर्शनले जावलाखेलका रक्षकको गल्तीमा सजिलै गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरको जावलाखेल दोस्रो हाफमा निरिह बन्यो ।एनआरटीका दर्शन गुरुङ ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

खेलपछि एनआरटीका सहायक प्रशिक्षक जीवन सिंकेमानले खेलाडीको राम्रो पर्दशनमा जित सम्भव भएको बताउनुभयो । जावलाखेलका प्रशिक्षक किशोर केसीले खेलाडीले पहिलो हाफमा राम्रो खेलेपनि दोस्रो हाफमा लग गुमाएको बताउनुभयो ।

‘टोलीका दुई जना खेलाडीमा कोरोना संक्रमण हुँदा सोचेजस्तो भएन । पहिलो हाफमा राम्रा अवसर बनाएपनि दोस्रो हाफमा खेलाडीले खेल्न विर्सिए जस्तो भयो,’ केसीले भन्नुभयो ।
जितसँगै नौ खेलबाट १३ अंक बनाएको एनआरटी छैटौँ स्थानमा उक्लिएको छ । पराजित जावलाखेल आठ अंकसहित १०औँ स्थानमा छ । नवौँ राउन्डको समाप्तिसँगै शीर्षस्थानमा रहेको मच्छिन्द्रको २३ अंक छ ।

दोस्रो स्थानमा रहेको मनाङको १९ र तेस्रो स्थानमा आसिन त्रिभुवन आर्मी क्लबको १७ अंक छ । पाँच अंक बनाएको च्यासल र तीन अंक बनाएको फ्रेन्ड्स रेलिगेसन रेखामा छ । खेलाडीमा कोरोना संक्रमणले गर्दा च्यासल र नेपाल पुलिसबीचको नवौं चरणको खेल स्थगित भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?