logo
२०८२ जेष्ठ २७ सोमवार



कोपा इटालिया : इन्टर क्वार्टरफाइनलमा

फुटबल |
खेलकुद |


कोपा इटालिया : इन्टर क्वार्टरफाइनलमा


काठमाडौँ, माघ ६ गते । इन्टर मिलान कोपा इटालिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टरले बुधबार राति भएको खेलमा इम्पोलीलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

इन्टरको जितमा एलेक्सिस सान्चेज, एन्ड्रिया रानोकिया र स्टेफानो सेन्सीले गोल गर्नुभयो । इम्पोलीका निदिम बजरामीले गोल गर्दा एक गोल इन्टरबाट आत्मघाती उपहार पाएको थियो । इन्टरले १३औँ मिनेटमा सान्चेजको गोलबाट अग्रता लिएको थियो ।

६१औँ मिनेटमा निदिमले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ७६औँ मिनेटमा इन्टरका गोलरक्षक एन्डरेइ राडुले आत्मघाती गोल गर्नुभएको थियो । इन्जुरी समयमा एन्ड्रिया रानोकियाले इडेन जेकोको पासमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

त्यसपछि अतिरिक्त समय अर्थात् १०४औँ मिनेटमा स्टेफानो सेन्सीले सान्चेजको पासमा गोल गर्दै इन्टरलाई जिताउनुभयो । अर्को खेलमा ससौलोले काग्लियरीलाई १–० गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । ससौलोको जितमा अब्दौ हारौईले १८औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?