logo
२०८१ मंसिर ८ शनिवार



हारबाट जोगियो शीर्षटोली म्यानचेस्टर सिटी

फुटबल |
खेलकुद |


हारबाट जोगियो शीर्षटोली म्यानचेस्टर सिटी


काठमाडौँ, माघ ९ गते । इङ्लिस प्रिमियर लिग उपाधि दौडमा रहको म्यानचेस्टर सिटी हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा शीर्षस्थानमा रहेको सिटी साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । साउथह्याम्टनको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीका लागि केल वाल्कर पिटर्सले गोल गर्नुभयो । सिटीका एमेरिक लापोर्टाले बराबरी गोल फर्काउनु भएको थियो ।

सातौँ मिनेटमा केल वाल्करले नाथन रेडमन्डको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । पहिलो हाफमा पछि परेको सिटीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ६५औँ मिनेटमा एमेरिक लापोर्टालेकेभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । सिटीले ७४ प्रतिशत बल पोसेसन राखेपनि थप गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

बराबरीसँगै सिटीले २३ खेलबाट ५७ अंक बनाएको छ । सिटी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा १२ अंकले अगाडि छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४५ अंक छ । लिभरपुलले दुई खेल कम खेलेको छ । २२ खेलबाट २५ अंक बनाएको साउथह्याम्टन १२औँ स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट हाम युनाइटेडमाथि १–० गोलको कठिन जित निकालेको छ । युनाइटेड जितमा मार्कुस रासफोर्डले निर्णायक गोल गर्नुभयो । मार्कुसले दोस्रो हाफको इन्जुरी समयमा इडिन्सन काभानीको पासमा गोल गर्नुभएको थियो ।

जितसँगै युनाइटेड चौथो स्थनमा उक्लिएको छ । युनाइटेडले २२ खेलबाट ३८ अंक नाएको छ । पराजित वेस्ट हाम ३७ अंक सहित पाँचौँ स्थानमा झरेको छ । अन्य खेलमा एस्टन भिल्लाले एभर्टनलाई १–०, न्युक्यासल युनाइटेडले लिड्सलाई १–० र वल्भ्सले ब्रेन्टफर्डलाई २–१ गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?