logo
२०८१ मंसिर ८ शनिवार



बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

फुटबल |
खेलकुद |


बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो


काठमाडौँ, माघ १० गते । स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो ।

बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गर्नुभयो । फ्रान्कीले ८७औँ मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउनु भएको थियो । घरेलु टोलीलाई दबाबदिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । यता खेलभर रक्षात्मक रणनिति अपनाएको अलाभेस अन्तिममा सम्हालिन नसक्दा हार खेप्न बाध्य बन्यो ।

इन्जुरी समयमा जोस मेनडिलीबार सोझै रातो कार्ड पाउँदै बाहिरिएपछि अलाभेसले १० खेलाडीमा खेल सकेको थियो । जितसँगै बार्सिलोना पाँचौँ स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलबाट ३५ अंक बनाएको छ । पराजित अलाभेस १७ अंक सहित १९औँ स्थानमा छ ।

यसैगरी अर्को खेलमा शीर्षटोली रियलले दुई गोलले पछि परेर पनि बराबरी गोल फर्कायो । प्रतिस्पर्धात्मक खेलमा इल्चेका लुकास बोयले ४२औँ र पेरे मिल्लाले ७६औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ३३औँ मिनेटमा रियलका कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले दबाब झेलेको थियो ।

अलाभेसको दुई गोलपछि जोसिएको रियलले ८२औँ मिनेटमा पहिलो गोल फर्कायो । लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाउनुभयो ।

६५ प्रतिशत बल पोसेसन राखेपनि रियललाई खेलमा फर्कन निकै संघर्ष गर्नुपरेको थियो । बराबरीसँगै शीर्षस्थानमा रहेको रियलले २२ खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ अंक छ । रियललाई रोकेको इल्चे २३ अंक सहित १५औँ स्थानमा छ ।

आइतबार रातिनै भएको अन्य खेलमा एथलेटिक बिल्बाओले रायो भालेकानोलाई १–० र ओसासुनाले ग्रानाडालाई २–० गोलले पराजित गरेको छ । रियल सोसिडाड र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?