logo
२०८१ मंसिर ८ शनिवार



विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना विजयी

फुटबल |
खेलकुद |


विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना विजयी


काठमाडौँ, माघ १९ गते । कतार विश्वकप २०२२ को छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् । घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलले पाराग्वेलाई ४–० गोलले हरायो । अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले स्तब्ध बनायो ।

एकपक्षीय खेलमा ब्राजिललाई जिताउन राफिन्हाले २८औँ, फिलिपे कोउटिन्होले ६२औँ, एन्टोनीदे ८६औँ र रोड्रिगोले ८८औँ मिनेटमा गोल गर्नुभएको थियो । छनोट खेलमा अपराजित यात्रा कायम राखेको ब्राजिल तालिकाको शीर्षस्थानमा छ । ब्राजिलले १५ खेलबाट ३९ अंक बनाएको छ । पराजित पाराग्वे १३ अंक सहित नवौँ स्थानमा छ ।

दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३५ अंक छ । बुधबार बिहानै भएको खेलमा अर्जेन्टिनालाई जिताउन लोउटारो मार्टिनेजले निर्णायक गोल गर्नुभयो । उहाँले २९औँ मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्नुभएको थियो । पराजित कोलम्बिया १७ अंक सहित सातौँ स्थानमा छ ।

अन्य खेलमा उरुग्वेले भेजेनुएलालाई ४–१ र चिलीले बोलिभियालाई ३–२ गोलले पराजित गरेको छ । १० देश सम्मिलित दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीले सोझै विश्कपको यात्रा तय गर्नेछन् । पाँचौँ टोलीले प्ले अफको बाटो तय गर्नेछ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?