logo
२०८१ मंसिर ८ शनिवार



मोरिसस फुटबल टोलीको सम्मान

फुटबल |
खेलकुद |


मोरिसस फुटबल टोलीको सम्मान


काठमाडौँ, माघ २० गते । नेपालमा मैत्रीपूर्ण खेलका लागि आएको अफ्रिकी देश मोरिसस राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्री भोजको आयोजना गरिएको छ । नेपाल–मोरिसस विजनेस काउन्सिलले नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यतामा मोरिसस फुटबल टिमलाई रात्रीभोजका साथै सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा महाबाणिज्यदूत कार्कीले नेपालमा मोरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउनु खुशीको विषय भएको बताउनुभयो । उहाँले यस कार्यले नेपाल र मोरिससको मैत्रीपूर्ण सम्वन्ध कायम गर्नुका साथै दुई देशबीच खेल पर्यटन र भाईचारा विकास गर्न मद्धत पुग्ने बताउनुभयो।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बटु लामिछानेले यस भ्रमणले नेपाल र मोरिससबीच जनस्तरमा दुई देशको सम्वन्धलाई अझ बलियो बनाउनुका साथै पर्यटन प्रवद्र्धन र ब्यापार प्रवद्र्धनका लागि समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल एक सुन्दर राष्ट्र भएको भन्दै बिश्वमा शान्ति फैलाउने बुद्ध जन्मेको देश, सर्वोच्च शिखर सरगमाथा रहेको देश, पौराणिक र पुरातात्विक संरचनाले भरिपूर्ण भएको एक पर्यटकिय स्थल रहेकोले फुटबल खेलका माध्ययमले नेपालमा पर्यटनको विकास गर्न मद्धत पुग्ने बताउनुभयो ।

उहाँले यस भ्रमणले दुई देशबीच पर्यटन आदान प्रदानलाई सहयोग पुगेको पनि बताउनुभयो। कार्यक्रममा मोरिस टिमलाई मायाको चिनोको रुपमा नेपाली ढाकाटोपी, ब्याच लगायत कलात्मक झ्याल प्रदान गरिएको थियो । मोरिससले नेपालसँग गत शनिबार र मंगलबार दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण फुटबल खेलेको थियो । मोरिसस दुवै खेलमा नेपालसँग समान १–० गोलले पराजित भएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?