काठमाडौँ, माघ २० गते । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुनावस् साधारण सभाका लागि निर्वाचन समिति र निर्वाचन असिपल समिति गठन गरेको छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले निर्वाचन समिति र निर्वाचन अपिल समिति गठन गरेको हो ।
निर्वाचन समितिको संयोजकमा अधिवक्ता राम दवाडी, सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम र सदस्यमा दामोदर भट्टराई हुनुहुन्छ । निर्वाचन अपिल कमिटीको संयोजकमा अधिवक्ता विष्णु लुईँटेल, सह संयोजकमा अधिवक्ता सुधा रिजाल र सदस्यमा केशबमणि अर्याल रहनुभएको छ ।
एन्फाको नयाँ नेतृत्व चयनका लागि जेठ १५ गते निर्वाचन हुँदैछ । बैठकमा यसअघि एन्फा सदस्य किरण राईको संयोजकत्वमा गठित निर्वाचन निर्देशिका समितिले बुझाएको प्रतिवेदन पारित गरिएको थियो । उक्त प्रतिवेदन अहिले पारित गरिएपनि त्यसमा विश्व फुटबल बहासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को समेत सुझावलाई थप गरिने सहमति पनि बैठकले गरेको छ ।
बैठकमा यसअघि भएका विभिन्न विषयमा उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा रहेको छानविन समितिले तयार पारेको प्रतिवेदन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाईएको थियो । एन्फाको पछिल्लो निर्वाचन २०७५ साल वैशाखमा भएको थियो ।