logo
२०८१ मंसिर ८ शनिवार



म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

फुटबल |
खेलकुद |


म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो


काठमाडौँ, माघ २२ गते । इङ्लिस प्रिमियर लिगको बलियो टोली म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युनाइटेड च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग सडनडेथमा ८–७ गोलले पराजित भयो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा गोल नभएपछि खेल टाइब्रेकमा पुगेको थियो । टाइब्रेकरमा समेत बराबरीमा सकिएको खेल सडनडेथमा पुगेर सकियो । निर्धारित समयमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । २०औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार बाहिरिएको थियो ।

२५औँ मिनेटमा जेडान सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो । उहाँले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्नुभएको थियो । त्यसपछि ६४औँ मिनेटमा मिडल्सब्रगका माट क्रुक्सले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

टाइब्रेकमा बिडल्सब्रगका प्याट्रिक म्याकनेयर, मार्टिन पाएरो, जोनाथन हाउसन, मार्कुस टाभेरनिएर र सोउलेमाने बाम्वाले गोल गर्नुभयो । युनाइटेडका जुआन माटा, ह्यारी मगाएर, फ्रेड, क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजले गोल गर्नुभयो । सडनडेथमा मिडल्सब्रगका डुनकान वाटमोर, डाइल फ्राइ र लि पेल्टिएरले गोल गर्नुभयो । युनाइटेडका स्कट म्याकटोमिने र डिएगो डालोटले गोल गर्नुभयो । एन्थोनी इलांगाको अन्तिम प्रहार विफल बन्दा युनाइटेड हार खेप्न बाध्य भयो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?