logo
२०८१ मंसिर ८ शनिवार



क्यामरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो

फुटबल |
खेलकुद |


क्यामरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो


काठमाडौँ, माघ २३ गते । आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा बुर्किनाफासोलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै क्यामरुन तेस्रो भएको हो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । निर्धारिय समयमा बुर्किनाफासोले तीन गोलको अग्रता लिए पनि जोगाउन सकेन । २४औँ मिनेटमा स्टिभ यागोले गोल गर्दै बुर्किनाफासोलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ४३औँ मिनेटमा क्यामरुनका आन्द्रे ओनानाले आत्मघाती गोल गरेपछि बुर्किनाफासोले अग्रता दोब्बर बनायो । ४९औँ मिनेटमा डिजव्रिल ओउटाराले गोल गर्दै बुर्किनाफासोलाई थप बलियो बनाउनुभयो ।

तर दोस्रो हाफमा जोसिएको क्यामरुनले ७१औँ मिनेटमा पहिलो गोल फर्कायो । स्टेफेन वाहोकेनले गोल गर्दै खेललाई ३–१ गोलको अवस्थामा ल्याउनुभयो । ८५औँ मिनेटमा भिन्सेन्ट एब्डोउबकारले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काउनेने प्रयास गर्नुभयो । ८७औं मिनेटमा भिन्सेन्ट एब्डोउबकारले व्यक्तिगत दोस्रो गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । त्यसपछि क्यामरुनले टाइब्रेकरमा बाजी मारेको थियो ।

टाइब्रेकरमा क्यामरुनका भिन्सेन्ट एब्डोउबाकर, निकोलस नागमालेउ, कार्ल टोको इकम्वी, पिएरे कुन्डे र एम्ब्रोइस ओयोंगो विटोलोले गोल गर्नुभयो । बुर्किनाफासोका इसा कावोरे, सोमाइला ओउटारा स्टिभ यागोले गोल गर्सर्नुभयो । इब्राहिमा ब्लाटी टाउरेले गोल गर्न सक्नुभएन । फाइनलमा उपाधिका लागि आइतबार (आज) राति इजिप्ट र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । इजिप्ट आठौँ पटक उपाधि चुम्ने दाउमा छ । सेनेगलल पहिलो पटक उपाधिको स्वाद चाख्ने अभियानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?