काठमाडौँ, माघ २५ गते । पहिलो पटक अफ्रिकन कप अफ नेसन्स फुटबलको उपाधि जितेर स्वदेश फर्किएको सेनेगल टोलीको भव्य स्वागत गरिएको छ । खेलाडीको स्वागतका लागि सेनेगलका राष्ट्रपति म्याकी साल विमानस्थलमै पुग्नुभएको थियो ।
टोलीलाई विमानस्थलदेखि राजधानी डकारमा हजारौँ समर्थकले सडकमै आएर भब्य स्वागत गरेका थिए । खेलाडीको सम्मान र जितको खुशीमा सर्मथकले सडकमै नाचगान र पार्टी आयोजना गरेका थिए ।
क्यामरुनमा आइतबार राति भएको फाइनल खेलमा सेनेगलले सर्वाधिक सफल टोली इजिप्टलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै च्याम्पियन बनेको थियो । जितको खुशीयालीमा सेनेगल सरकारले सोमबार राष्ट्रिय बिदा दिएको थियो । एजेन्सी