logo
२०८१ मंसिर ७ शुक्रवार



बिल्बाओलाई मालोर्काको झट्का

फुटबल |
खेलकुद |


बिल्बाओलाई मालोर्काको झट्का


काठमाडौँ, फाल्गुन ३ गते । स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा सेभिया र एन्जलले गोल गर्नुभयो । मालोर्काले अर्को गोल बिल्बाओबाट आत्मघाती उपहार पाएको थियो । बिल्बाओका राउल गार्सिया र एलेक्स बेरेङगरले गोल गर्नुभएको थियो ।

साल्भाले २२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै मालोर्कालाई सुरुवाती अग्रता दिलाउनुभयो । ३०औँ मिनेटमा एन्जलले भेदात मुरीक्वीको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाउनुभएको थियो । त्यसपछि ५९औँ मिनेटमा गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

६१औँ मिनेटमा एलेक्स बेरेङगरले इकर मुनियनको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । तर ८८औँ मिनेटमा बिल्बाओका उनइ सिमोनले आत्मघाती गोल गरेपछि मालोर्काको भाग्य खुलेको थियो । ५५ प्रतिशत बल पोसेसन राखेपनि पहिलो हाफमा गोल गर्न नसक्दा बिल्बाओ हार खेप्न बाध्य भयो ।

हारसँगै आठौं स्थानमा यथावत रहेको बिल्बाओको २४ खेलबाट ३४ अंक छ । विजेता मालोर्का २६ अंक जोड्दै १५औँ स्थानमा उक्लिएको छ । तालिकाको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको ५४ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ५०, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४३ र चौथो स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ ।

समान ३९ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?