logo
२०८१ मंसिर ७ शुक्रवार



बार्सिलोनाको सानदार जित

फुटबल |
खेलकुद |


बार्सिलोनाको सानदार जित


काठमाडौँ, फाल्गुन ९ गते । पिएरे इमरिक औवामियाङले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

बार्सिलोनाको जितमा औवामियाङले ह्याट्रिकसँगै अर्को गोल फ्रान्की डि जोङले गर्नुभयो । भ्यालेन्सियाका कार्लाेस सोलेरले एक गोल फर्काउनुभएको थियो । २३औँ मिनेटमा औवामियाङले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । ३२औँ मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो ।

३८औँ मिनेटमा औवामियाङले गाभीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता थप बलियो बनाउनुभयो । ५२औँ मिनेटमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर ६३औँ मिनेटमा औवामियाङले पेड्रीको पासमा ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकालेको थियो ।

६४ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले खेलभर घरेलु टोलीलाई दबाबमा राख्यो । जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलबाट ४२ अंक बनाएको छ । समान ४२ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौँ स्थानमा छ । पराजित भ्यालेन्सिया ३० अंक सहित १२औँ स्थानमा छ ।

आइतबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको सेभिया स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको सेभियाले सुरुवाती गोल गरेपनि जोगाउन सकेन । राफा मिरले ३६औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाउनुभयो ।स्पान्योलका सर्गी डारडेरले ५०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएउनुभएको थिया्े । मिनेटमा जुलेस कोउनडे रातो कार्ड पाउँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । स्पान्योलले त्यसको फाइदा उठाउन भने सकेन ।

बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको सेभियाको २५ खेलबाट ५१ अंक छ । सेभिया शीर्षटोली रियल म्याड्रिडभन्दा ६ अंकले पछाडि छ । रियलको ५७ अंक छ । २९ अंक बनाएको स्पान्योल १४औँ स्थानमा छ । अर्को खेलमा रियल बेटिसले मालोर्कालाई २–१ गोलले हरायो । जितसँगै तेस्रो स्थानमा रहेको बेटिसको २५ खेलबाट ४६ अंक पुगेको छ । पराजित मालोर्का २६ अंक सहित १६औँ स्थानमा छ ।

घरेलु मैदानमा एथलेटिक बिल्बाओले रियल सोसिडाडलाई ४–० गोलले पराजित गरेको छ । जितसँगै ३७ अंक बनाएको बिल्बाओ आठौँ स्थानमा छ । पराजित सोसिडाड ३८ अंक सहित सातौँ स्थानमा छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?