logo
२०८१ मंसिर ७ शुक्रवार



‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज रेलिगेसनमा

फुटबल |
खेलकुद |


‘ए’ डिभिजन   लिग : ब्रिगेड ब्वाइज रेलिगेसनमा


काठमाडौँ, फाल्गुन ९ गते । ललितपुरको ब्रिगेड ब्वाइज क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेसनमा परेको छ । दशरथ रङ्गशालामा सोमबार भएको खेलमा नवप्रवेशी सातदोवाटो युथ क्लबसँग ३–२ गोलले पराजित भएपछि ब्रिगेड रेलिगेसन (बी डिभिजनमा घटुना) मा परेको हो ।

यससँगै लिगको रेलिगेसन समीकरण पूरा भएको छ । यसअघि ललितपुरकै च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । जित्नैपर्ने खेलमा सातदोवाटोलाई नतिजा सुम्पिएपछि ब्रिगेड निरीह बन्यो ।ललितपुर डर्बीमा सातदोबाटोलाई जिताउन सुशील राई, दीपकराज सिंह र निरज चौधरीले गोल गर्नुभयो ।

ब्रिगेड ब्वाइजका बेरट्रान्ड जोनाथन र रोशन रानामगरले गोल गरे पनि टोलीको हार टरेन । एक खेल अगावै ब्रिगेड रेलिगेसनमा परेपछि यसअघि रेलिगेसनको डरमा रहेको फ्रेन्ड्स र नेपाल पुलिस क्लब रेलिगेसनको चिन्ताबाट मुक्त भएको छ ।

ब्रिगेड क्लबको इतिहासमा रेलिगेसनमा परेको यो तेस्रो पटक हो । यस अगाडि ब्रिगेड २०६३ र २०६८ मा पनि रेलिगेसनमा परेको थियो । सातदोबाटोविरुद्धको खेल गुमाएपछि ब्रिगेडले १२ खेलबाट सात अङ्क मात्र बनाउन सक्यो । ब्रिगेड १३औँ स्थानमा रहने पक्का भयो । जितसँगै सातदोवाटो पाँचौँ स्थानमा उक्लिएको छ । सातदोवाटोले १२ खेलबाट १८ अङ्क बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?