logo
२०८१ मंसिर ७ शुक्रवार



काठमाडौँका पाँच ‘ए’ डिभिजन क्लबलाई महानगरको १० लाख

फुटबल |
खेलकुद |


काठमाडौँका पाँच ‘ए’ डिभिजन क्लबलाई महानगरको १० लाख


काठमाडौँ, फाल्गुन ११ गते । काठमाडौँ महानगरपालिकामा रहेका पाँचवटा ‘ए’ डिभिजन फुटबल क्लबलाई महानगरपालिकाले १० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।महानगरपालिकाले तेस्रो पटक शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका काठमाडौँका प्रत्येक क्लबलाई १० लाख रुपियाँ सहयोग गरेको हो ।

बुधबार आयोजित एक कार्यक्रमबीच क्बलका अध्यक्षहरुलाई महानगरपालिकाका मेर विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्नुभयो । यसबर्ष महानगरको आर्थिक सहयोग पाउने क्लबहरुमा लिग च्याम्पियन मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, एनआरटी र संकटा क्लब रहेका छन् । उक्त कार्यक्रममा शाक्यले पछिल्लो तीन बर्ष लिग च्याम्पियन बन्न सफल क्लबहरुलाई प्रोत्साहन स्वरुप थप पाँच लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।

पछिल्लो तीन संस्करणको लिगमा मनाङ एक पटक र मच्छिन्द्रले (२०७८ सहित) दुई पटक उपाधि जितेको छ । कोभिड–१९ का कारण गतबर्ष लिग आयोजना भएको थिएन । त्यसैले महानगरले पनि आर्थिक सहयोग गरेको थिएन । सहयोग हस्तान्तरण गर्दै मेयर शाक्यले फुटबललाई ब्यवसायिक बनाउन र खेलकुदको प्रवर्द्धनका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई पनि महानगरले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष एवं हिमालयन शेर्पा क्बलका अध्यक्ष समेत रहनुभएका कर्माछिरिङ शेर्पाले महानगरले क्लबहरुलाई गरेको सहयोगले नेपाली फुटबलको विकासका लागि थप टेवा पुगेको बताउनुभयो । कार्यक्रममा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की श्रेष्ठले भविष्यमा पनि क्लबहरुलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्दै जाने बनाउनुभयो । महानगरपालिकाले ‘बी’ डिभिजन क्लबलाई तीन लाख र ‘सी’ डिभिजन क्लबलाई दुई लाख रुपियाँ आर्थिक सहयोग गर्दै आएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?