logo
२०८१ मंसिर ७ शुक्रवार



फोडेनको गोलमा सिटी विजयी

फुटबल |
खेलकुद |


फोडेनको गोलमा सिटी विजयी


काठमाडौँ, फाल्गुन १५ गते । फिल फोडेनले खेलको अन्तिम समयतिर गोल गरेपछि शीर्षटोली म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा १–० गोलले हरायो ।

सिटीको जितमा फोडेनले ८२औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । फोडेनले एभर्टनको रक्षकको गल्तीमा गोल गर्दै सिटीलाई कठिन जित दिलाउनुभएको हो । सिटीलाई कडा टक्कर दिएको एभर्टनले अन्तिममा सम्हालिन नसक्दा हार खेप्यो । जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ । सिटीको २७ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुल ६० अंक सहित दोस्रो स्थानमा छ । पराजित एभर्टन २२ अंक सहित १७औँ स्थानमा छ ।

शनिबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बराबरीका रोकिएसँगै चौथो स्थानमा यथावत रहेको युनाइटेडले ४७ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ५० अंक छ । युनाइटेडलाई रोकेको वाटफोर्ड रेलिगेसनको दबाबमा छ । १९ अंक बनाएको वाटफोर्ड १९औँ नै स्थानमा छ ।

अन्य खेलमा टोट्टनहामले लिड्स युनाइटेडलाई ४–०, एस्टन भिल्लाले ब्राइटनलाई तथा न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई समान २–० गोलले हरायो । बर्नली र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?