काठमाडौँ, फाल्गुन २१ गते । वीरगन्ज युनाईटेड र नयाँबस्ती युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाडेका छन् । एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार वीरगन्ज र नयाँबस्तीले २–२ गोलको बराबरी खेले ।
वीरगन्जका लागि क्रिपकान्त महतो थारु र विवेक चौधरीले गोल गर्नुभयो । नयाँबस्तीका लागि सुमन योङ्या र जीवन मगरले गोल गर्नुभयो । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । दुई खेलमा दुवै बराबरी खेलेको नयाँबस्तीको दुई अंक पुगेको छ । पहिलो खेलमा हार खेपेको वीरगन्जको एक अंक छ ।
अर्को खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । यस बराबरीसँगै बाँसबारीले दुई एकबाट एक अंक बनाएको छ । टुसालले पनि एक नै अंक जोडेको छ ।