logo
२०८१ जेष्ठ ५ शनिवार



मानेको गोलमा लिभरपुल विजयी

फुटबल |
खेलकुद |


मानेको गोलमा लिभरपुल विजयी


काठमाडौँ, फाल्गुन २२ गते । साडियो मानेको निर्णायक गोलले लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट हाम युनाइटेडलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा लिभरपुललाई जिताउन मानेले २७औँ मिनेटमा गरेको गोल प्रयाप्त बन्यो । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलले शीर्षटोली म्यानचेस्टर सिटीसँगको दुरी तीन अंकले घटाएको छ । लिभरपुलको २७ खेलबाट ६३ अंक छ । सिटीको समान खेलबाट ६६ अंक पुगेको छ । पराजित वेस्ट हाम ४५ अंक सहित पाँचौँ स्थानमा छ ।

अन्य खेलमा चेल्सीले बर्नलीलाई ४–०, लेस्टर सिटीले लिड्स युनाइटेडलाई १–०, एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–०, न्युक्यासल युनाइटेडले ब्राइटनलाई २–१, ब्रेन्टफर्डले नर्विच सिटीलाई ३–१ र क्रिस्टल प्यालेसले वल्भ्सलाई २–० गोलले पराजित गरेको छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?