logo
२०८१ जेष्ठ ५ शनिवार



चर्च ब्वाइजको लगातार दोस्रो जित

फुटबल |
खेलकुद |


चर्च ब्वाइजको लगातार दोस्रो जित


काठमाडौँ, फाल्गुन २२ गते । चर्च ब्वाइज युनाइटेडले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई २–० गोलले हरायो । चर्च ब्वाइजको जितमा आशिष चापागाई नायक बन्नुभयो ।

आशिषले ५४औँ र ७१औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउनुभयो । लिगमा आशिषले दुई खेलमा ब्यक्तिगत पाँच गोल गरिसक्नुभएको छ । यसअघि टुसाल युथ क्लबमाथि ५–२ गोलले हराउँद उहाँले ह्याट्रिक पूरा गर्नुभएको थियो ।

खुमलटारको भने यो पहिलो हार हो । लिगको पहिलो खेलमा खुमलटारले आरसिटीलाई हराएको थियो । जितसँगै चर्च ब्वाइजले दुई खेलबाट ६ अंक बनाएको छ । खुमलटारको तीन अंक छ । अर्को खेलमा श्रीकुमारी र सामाजिक युथ क्लबले ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा श्रीकुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु गेल गर्नुभयो । सामाजिक युथक लागि बसन्तबहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले गोल गर्नुभएको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् । लिगको च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?