logo
२०८१ जेष्ठ ५ शनिवार



आर्मी ढल्के जोवन गोल्डकपको फाइनलमा

फुटबल |
खेलकुद |


आर्मी ढल्के जोवन गोल्डकपको फाइनलमा


उर्लाबारी, फाल्गुन २२ गते । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्डकप फुटबल २०७८ को फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा कास्कीको पोखरा भेट्रानलाई ४ –० गोलले हराउँदै त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको हो ।

एक पक्षीय खेलमा आर्मीका टेकबहादुर बुढाथोकी हिरो सावित हुनुभयो । क्वार्टरफाइनलमा ह्याट्रिक गर्नु भएका टेकबहादुर बुढाथोकीले १४ औँ र ६४औँ मिनेटमा गोल गर्नुभएको थियो । आर्मीको फाइनल यात्राका लागि बिमल पाण्डेले २७औँ र टङक बस्नेतले ५८औँ मिनेटमा गोल गर्नुभयो । आर्मीले आर्मीका युद्ध शाही म्यान अफ दि म्याच घोषित हुनुभयो । उपाधिका लागि भारतको एमएफसी दार्जीलिङसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?