logo
२०८१ जेष्ठ ५ शनिवार



हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

फुटबल |
खेलकुद |


हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा


धनगढी, फाल्गुन २३ गते । हिमालयन शेर्पा क्लब धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा शेर्पाले आयोजक एवं साविक विजेता सुदुरपश्चिम–११ लाई २–१ गोलले हरायो ।

सेमिफाइनलमा शेर्पाको भेट मनाङ मर्स्याङ्दी क्लबसँग हुनेछ । शेर्पाको जितमा पिस्टन मुटाम्बा र सुरेश कुमालले गोल गर्नुभयो । सुदुरपश्चिम–११ ले शेर्पाका विवेक पण्डितबाट आत्मघाती गोल उपहार पाएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक, उदयमान खेलाडी र फेयर प्ले टिमलाई २५/२५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?