logo
२०८१ जेष्ठ ३ बिहीवार



मध्यपुरमाथि बाँसबारीको गोल वर्षा

फुटबल |
खेलकुद |


मध्यपुरमाथि बाँसबारीको गोल वर्षा


काठमाडौँ, फाल्गुन २८ गते । बाँसबारी क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा बाँसबारीले मध्यपुरलाई ६–० गोलले हरायो ।

पहिलो हाफमा एक गोल गरेको बाँसरबारीले दोस्रो हाफमा पाँच गोल थपेको थियो । बाँसबारीको जितमा राजेश पौडेलले ह्याट्रिक गर्नुभयो । संजय धिमालले दुई तथा सुलेमान थापामगरले एक गोल गर्नुभयो । लिगमा चार खेल सकेको बाँसबारीको यो पहिलो जित हो । जितसँगै बाँसबारीले चार खेलबाट चार नै अंक बनाएको छ । लिगमा तेस्रो हार खेपेको मध्यपुर युथको समान खेलबाट तीन अंक छ ।

चैत २७ गतेसम्म चल्ने ‘बी’ डिभिजन लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेका छन् । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् । लिगको च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?