logo
२०८१ जेष्ठ २ बुधवार



आरसीटी र वीरगन्जको बराबरी

फुटबल |
खेलकुद |


आरसीटी र वीरगन्जको बराबरी


काठमाडौँ, फागुन २८ गते । आरसीटी र वीरगन्ज युनाइटेड क्लबले शहिद स्मारब ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा आरसीटी र वीरगन्जले २–२ गोलको बराबरी खेले ।

वीरगन्जका लागि विज्ञान चौधरी र कृपाकान्त महतो थारुले गोल गर्नुभयो । आरसीटीका लागि दुवै गोल अमर डंगोलले गर्नुभयो । बराबरीसँगै आरसिटीले चार खेलबाट पाँच अंक बनाएको छ । वीरगन्जको पनि समान पाँच अंक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?