logo
२०८१ जेष्ठ २ बुधवार



आयोजक झापा–११ फाइनलमा

फुटबल |
खेलकुद |


आयोजक झापा–११ फाइनलमा


बिर्तामोड, फागुन २८ गते । आयोजक झापा–११ पाँचौँ झापा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा शनिबार भएको खेलमा झापाले काठमाडौँको ‘ए’ डिभिजन क्लब संकटालाई २–० गोलले स्तब्ध बनायो ।

झापाको जितमा दुवै गोल विमल घर्तीमगरले गर्नुभयो । विमलले १६औँ र ५७औँ मिनेटमा गोल गर्दै झापालाई सानदार जित दिलाउनुभयो । विमल ‘म्यान अफ दि म्याच’ पनि हुनुभयो । उपाधिका लागि झापाले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मीले यसअघिनै सातदोबाटो युथ क्लबलाई ४–१ गोलले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । प्रतियोगिताको विजेता टोलीले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?