logo
२०८१ जेष्ठ २ बुधवार



खप्तड गोल्डकपमा मनाङ च्याम्पियन

फुटबल |
खेलकुद |


खप्तड गोल्डकपमा मनाङ च्याम्पियन


धनगढी, फागुन २८ गते । पाँचौँ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।

मनाङको यो लगातार दोस्रो उपाधि हो । मनाङको जितमा दिनेश राजवंशी, ओलावाले अफिज र दिनेश राजंवशीले गोल गर्नुभयो । फ्रेन्ड्सका लागि जमुअल फ्रान्स्वाले सान्त्वना गोल फर्काउनुभयो । उपाधिसँगै मनाङले २१ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता फ्रेन्ड्सले १० लाख रुपियाँमा चित्त बुझायो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?