logo
२०८१ बैशाख २२ शनिवार



यू–१८ महिला साफ टोली भारत प्रस्थान

फुटबल |
खेलकुद |


यू–१८ महिला साफ टोली भारत प्रस्थान


काठमाडौँ, फागुन २९ गते । भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म आयोजना हुने यू–१८ महिला साफ महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली महिला टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले मार्च १५ तारिख आयोजक भारतसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेश, तेस्रो खेल मार्च २१ मा फेरि भारतसँग र चौथो खेल मार्च २३ मा बङ्गलादेशसँग खेल्नेछ । शीर्ष टोली च्याम्पियन बन्नेछ । च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शनभक्त राजलवटले बिहीबार नै २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । नेपालले उपाधि जित्ने लक्ष्य राखेको टोलीका प्रशिक्षक दर्शनले दाबी गर्नुभएको छ ।

नेपाली टोली :

सावित्री किशन, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, शुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सुदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?