logo
२०८१ बैशाख २२ शनिवार



बार्सिलोनाको सानदार जित

फुटबल |
खेलकुद |


बार्सिलोनाको सानदार जित


काठमाडौँ, फाल्गुन ३० गते । बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले हरायो । जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थपेको थियो । बार्सिलोनाको फराकिलो जितमा फेरान टोरेसले १४औँ र २१औँ मिनेटमा दुई गोल गर्नुभयो । पिएरे इमरिक औवामियाङले २७औँ र रिकी पुचले ७५औँ मिनेटमा एक एक गोल गर्नुभयो। जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले २७ खेलबाट ५१ अंक बनाएको छ ।

चौथो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको पनि ५१ अंक छ । पराजित ओसासुना ३५ अंक सहित ११औँ स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ६३ र दोस्रो स्थानमा रहेको सेभियाको ५६ अंक छ । सेभिया रायो भालेकानोसँग १–१ गोलको बराबरीमा रोकियो । अन्य खेलमा रियल सोसिडाडले अलाभेस तथा रियल बेटिसले एथलेटिक बिल्बाओलाई समान १–० गोलले हराएको छ । एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?