logo
२०८१ बैशाख २१ शुक्रवार



क्रिस्टलसँग बराबरीमा रोकियो सिटी

फुटबल |
खेलकुद |


क्रिस्टलसँग बराबरीमा रोकियो सिटी


काठमाडौँ, चैत १ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी मध्यम टोली क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा सिटीले
क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

क्रिस्टलको मैदानमा भएको खेलमा सिटीले लगातार गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेन । सिटीको प्रयासमा क्रिस्टल प्यालेसका गोलरक्षक गुआइटा बाधक बन्नुभयो । यस बराबरीसँगै सिटीले शीर्षस्थानमा थप अग्रता बढाउने अवसर गुमायो ।

शीर्ष टोली सिटीको २९ खेलबाट ७० अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ६६ अङ्क छ । लिभरपुलले एक खेल कम खेलेको छ । ३४ अङ्क बनाएको क्रिस्टल प्यालेस ११औँ स्थानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?