logo
२०८१ बैशाख २१ शुक्रवार



रियल म्याड्रिडको सानदार जित

फुटबल |
खेलकुद |


रियल म्याड्रिडको सानदार जित


काठमाडौँ, चैत १ गते । कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई उसैको मैदानमा ३–० गोलले हरायो । एकपक्षीय खेलमा रियललाई जिताउन बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गर्नुभयो ।

सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भिनिसियसले ५५औँ मिनेटमा गोल गर्दै रियलको उत्साह जगाउनुभयो । भिनिसियसको यो जारी सिजन १४औँ गोल हो । सर्वाधिक गोल कर्ताको दोस्रो स्थानमा रहनुभएका भिनिसियसले ६ असिस्ट समेत दिनुभएको छ । बेन्जेमाले ७७औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । ८२औँ मिनेटमा बेन्जेमाले हेडमार्फत व्यक्तिगत दोस्रो गर्दै रियललाई सानदार जित दिलाउनुभयो ।

बेन्जेमाको यो सिजनको २२औँ गोल हो । ११ असिस्ट समेत दिनुभएको उहाँ सर्वाधिक गोल कर्ताको शीर्ष सूचीमा हुनुहुन्छ । जितसँगै रियलले शीर्षस्थानमा १० अङ्कको अग्रता बनाएको छ । रियलको २८ खेलबाट ६६ अङ्क छ । दोस्रो स्थानमा रहेको सेभियाको ५६ अङ्क छ । पराजित मालोर्का २६ अङ्कसहित १६औँ स्थानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?