logo
२०८१ बैशाख २१ शुक्रवार



सरस्वती क्लब शीर्षस्थानमा

फुटबल |
खेलकुद |


सरस्वती क्लब शीर्षस्थानमा


काठमाडौँ, चैत १ गते । सरस्वती युथ क्लब शहिद स्मारक ‘बी’ डिभिजन फुटबलको शीर्षस्थानमा उक्लिएको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मङ्गलबार भएको खेलमा सातदोबाटोले मध्यपुर युथ एसोसिएसनलाई २–१ गोलले हरायो । लिगमा सरस्वतीको यो तेस्रो जित हो ।

सरस्वतीलाई जित दिलाउन सुनम धिमाल र कुमार डोंगले गोल गर्नुभयो । मध्यपुरका सजिन थापामगरले गोल गर्नुभयो । जितसँगै सरस्वतीले पाँच खेलबाट ११ अङ्क बनाएको छ । सरस्वतीले दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । दोस्रो स्थानमा रहेको चर्च ब्वाईज र तेस्रो स्थानमा रहेको श्रीभगवती क्लबको समान १० अङ्क छ ।

तीन अङ्क बनाएको मध्यपुर तालिकाको अन्तिममा छ । चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा ‘बी’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजन (रेलिगेसन) मा झर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?