logo
२०८१ बैशाख २१ शुक्रवार



भारतसँग नेपालको फराकिलो हार

फुटबल |
खेलकुद |


भारतसँग नेपालको फराकिलो हार


काठमाडौँ, चैत २ गते । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले अआयोजक भारतसँग फराकिलो हार खेपेको छ । भारतको जमसेदपुरमा मंगलबार राति भएको उद्घाटन खेलमा नेपाल भारतसँग ७-० गोलले पराजित भयो ।

पहिलो हाफमा तीन गोल गरेको भारतले दोस्रो हाफमा चार गोल थपेको थियो । भारतका लागि लेन्डा कोम सेर्टोले दुई गोल गर्नुभयो । सुजिस पोट्टेकाट, अपुर्णा नार्जरी, पुर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले एक एक गोल गर्नुभयो । जितसँगै भारतले तीन अंक बनाएको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

डबल राउण्ड रोबवन लिगका आधारमा खेलाइने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्नेछ । लिगको शीर्ष टोली च्याम्पियन बन्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?