logo
२०८१ बैशाख १७ सोमवार



एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

फुटबल |
खेलकुद |


एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा


काठमाडौँ, चैत २ गते । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा एट्लेटिकोले
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हरायो ।

युनाइटेडको घरेलु मैदान भएको खेलमा एट्लेटिकोलाई जिताउन रेनान लोडीले ४१औँ मिनेटमा गोल गर्नुभयो । यसअघि पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । एट्लेटिकोले समग्रमा २–१ गोललको जित निकाल्यो । घरेलु मैदानमा युनाइटेड बल पोसेसनमा अब्बल देखिएपनि गोल गर्न सकेन । हारसँगै युनाइटेड राउन्ड अफ १६ बाटै बाहिरिएको छ ।

अर्को खेलमा डच क्लब आयाक्सलाई १–० गोलले हराउँदै पोर्चुगिज क्लब बेन्फिकाले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ । बेन्फिका समग्रमा ३–२ गोलले विजयी भयो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । बेन्फिकाको जितमा डार्विन नुनेजले ७७औँ मिनेटमा गोल गर्नुभएको थियो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?