logo
२०८१ बैशाख १७ सोमवार



वीरगंज र चर्च ब्वाइजको बराबरी

फुटबल |
खेलकुद |


वीरगंज र चर्च ब्वाइजको बराबरी


काठमाडौँ, चैत २ गते । शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा वीररगंज युनाईटेड र चर्च ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा वीररगंज र चर्च ब्वाइजले १-१ गोलको बराबरी खेले ।

७७औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै चर्चलाई सुरुआती अग्रता दिलाउनु भएको थियो । ८५औँ मिनेटमा वीरगंजका अनिश चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । बराबरीसँगै वीरगंजले पाँच खेलबाट ६ अंक बनाएको छ । चर्च ब्वाईजले समान खेलबाट ११ अंक बनाएको छ ।

चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा ‘बी’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजन (रेलिगेसन) मा झर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?