logo
२०८१ बैशाख १७ सोमवार



लिभरपुल र टोट्टनहाम विजयी

फुटबल |
खेलकुद |


लिभरपुल र टोट्टनहाम विजयी


काठमाडौँ, चैत ३ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति लिभरपुल र टोट्टनहाम विजयी भएको छ । लिभपुलले आर्सनललाई उसैको मैदानमा २–० गोलले हरायो । टोट्टनहामले पनि ब्राइटनलाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।

लिभरपुलको जितमा डिएगो जोटाले ५४औँ र ब्राजिली मिडफिल्डर रोबर्टो फिर्मिनोले ६२औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै दोस्रो स्थानमा रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको  दुरी एक अंकले घटाएको छ । लिभरपुलको २९ खेलबाट ६९ अंक छ । सिटीले समान खेलबाट ७० अंक बनाएको छ । २७ खेल सकेको आर्सनल ५१ अंक सहित चौथो स्थानमा छ ।

अर्को खेलमा टोट्नहामलाई जिताउन क्रिस्टियन रोमेरोले ३७औँर ह्यारी केनले ५७औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै सातौँ स्थानमा उक्लिएको टोट्टनहामले २८ खेलबाट ४८ अंक बनाएको छ । २९ खेलबाट ३३ अंक बनाएको ब्राइटन १३औँ स्थानमा छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?