logo
२०८१ बैशाख १७ सोमवार



चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

फुटबल |
खेलकुद |


चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा


काठमाडौँ, चैत ३ गते । इङ्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २–१ गोलले हरायो । चेल्सीले समग्रमा ४–१ गोलको जित निकाल्यो । पहिलो लेगमा चेल्सी २–० गोलले विजयी भएको थियो ।

पाहुना टोली चेल्सीलाई जिताउन क्रिस्टियन पुलिसिसले पहिलो हाफको इन्जुरी समयमा र सेसर एजप्लिक्वेटाले ७१औँ मिनेटमा गोल गर्नुभयो । लिलेका बुराक यिल्माजले ३८औँ मिनेटमा सुरुवाती गोल गरेपनि टोलीको हार टरेन । अर्को खेलमा स्पेनिस क्लब भिल्लारियलसँग ३–० गोलले पराजित हुँदै इटालियन क्लब युभेन्ट्स प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको भिल्लारियलले समग्रमा ४–१ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो । भिल्लारियलको जितमा जेरार्ड मोरेनोले ७८औँ, पाउ टोरेसले ८५औँ र एर्नाउट डानजुमाले इन्जुरी समयमा गोल गर्दै भिल्लारियललाई सानदार जित दिलाउनुभयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको युभेन्ट्स दोस्रो हाफमा निरीह बन्यो । एजेन्स

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?